बालाजुस्थित नक्कली स्यानिटाइजर उद्योगमा काठमाडौं प्रहरीको छापा

रोसन दानी / काठमाडौं ।  काठमाडौं प्रहरी परिसर काठमाडौंले नक्कली स्यानिटाइजर उद्योगमा छापा हानेको छ ।

महानगरीय प्रहरी परिसर टेकुको एसपी रमेश बस्नेतको नेतृत्वमा गएको टोलीले बिशेष सुचनाको आधारमा उक्त उद्योगमा छापा हानेको हो ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार बालाजु औधोगीक क्षेत्र भित्र सञ्चालित उत्सव डेट्रेरेजेन्ट एण्ड कस्मेटिकबाट अगुणस्तरीय स्यानेटाईजर करिव सयौ काटुन भन्दा बढि बरामद गरिसकिएको र स्वयम्भूमा रहेको गोदाममा पनि प्रहरीले नियन्त्रणमा लिईसकेको बताए ।

एसएसपी सिंहका अनुसार थप के कति परिणाममा ती सामाग्री साझसम्म आई सक्ने उनको भनाई छ ।

उपभोक्तालाई उक्त फर्माले हातमा लगाउने नक्कली स्यानेटाइजर बिक्री गरेको सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो ।

टोलीले फर्माको छापामारी खानतलासी गर्दा मिथानेले मात्र हालि बनाउदै नक्कली स्यानेटाइजर बिक्री गरेको पाईएपछि पक्राऊ गरेको प्रहरीको भनाई छ ।

कोरोना भाइरसको महामारीले अहिलेको संबेदनशिल अवस्थामा उपभोक्ताहरुको जीवनसंग खेलबाड निर्धारण गरेको मापदण्ड विपरितको नक्कली कारोवारी र उद्योगका सञ्चालक कामनपा १३ बाफल बस्ने राकेश अग्रवाललाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाईने प्रहरीले बताएको छ ।

यसै गरी मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आशंकामा प्रहरीले ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर कम्पनीमा छापा मारेको छ ।

‘आरसिपी इन्डष्ट्रिज पर्सा’को ब्यानरमा ‘७५ प्लस’ नामको सेनिटाइजर उत्पादन गर्ने कारखानामा छापा मारिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले कान्तिपथ डटकमलाई बताए ।

‘ल्यावमा परिक्षण गर्दा हानिकारक रसायन मिसिएको देखिएको छ’ एसएसपी खापुङले भने, ‘सो कम्पनीका अन्य डिलरमा पनि छापा मारेका छौं ।’

उद्योग संचालक आशिष प्याकुरेललाई महाशाखाको टोलीले पक्राउ गरेको छ ।

‘७५ प्लस’ नामको सो सेनिटाइजर मानव शरीरका लागि अत्यन्त हानिकारक ‘मिथानोल’ नामक रसायन मिसाएको थाहा भएको छ ।

महानगरीय अपराध महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले इमाडोलस्थित सितल हाइटमा रहेको सो कारखानामा छापा मारेको हो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..