माओवादीका मुख्यमन्त्रीको पक्षमा ३० भोट विपक्षमा जम्मा ९ भोट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि प्रस्ताव पेश भएअनुसार मतविभाजनको प्रक्रिया सकिएको छ ।
सभामुखले मुख्यमन्त्री भट्टले पेश गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गरेका थिए ।

मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने जनाएको थियो । मुख्यमन्त्रीको पक्षमा विश्वासको मत आएको छ भने, विपक्षमा मत खसेको छ । ५१ सदस्य उपस्थित थिए । १२ जना सदस्य भने तटस्थ बसेका थिए ।

मुख्यमन्त्रीले प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम उनले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेका हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..