annapurna add

PR 134 1 scaled e1593776316779

नेपाली सेनाको उपरथी र सहायकरथीमा बढुवा भएका दुई जना सैनिक अधिकारीहरुलाई प्रधानसेनापतिले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । मन्त्रीपरिषद्को असार १५ मा बसेको वैठकले सहायकरथी प्रेम शाहीलाई उपरथीमा र महासेनानी प्रेम बहादुर पुनलाई सहायकरथी दर्जामा बढुवा गरेको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रवार उनिहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

उपरथी प्रेम शाहीलाई युद्धकार्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारी र सहायकरथी प्रेम बहादुर पुनलाई प्रधानसेनापतिको कार्यालयको सैनिक सहायकको जिम्मेवारी दिईएको छ । प्रधानसेनापति थापाले सैनिक परम्परालाई मिचेर जुनियर अधिकृतलाई अपरेशनको प्रमुखको जिम्मेवारी दिएका हुन् । यसअघि सेनामा अपरेशन, सैनिक सचिव र सैनिक सहायकमा क्षमतावान र वरियतामा अघि रहेकाहरुलाई जिम्मेवारी दिने प्रचलन थियो ।

प्रधानसेनापतिले यसअघि पनि आफु निकट सैनिक अधिकारीहरुलाई दोहोरो जिम्मेवारी दिएको भन्दै आलोचना हुने गरेको थियो । शाहीलाई उपरथीमा बढुवा भएको एक सातामा उक्त जिम्मेवारी दिनुलाई सेनामा भने अर्थपूर्ण रुपमा लिइएको छ । सेनामा वरिष्ठतम् उपरथीलाई उक्त जिम्मेवारी दिने भएपनि उपरथीमा बढुवा भएसंगै प्रधानसेनापति थापाले उनलाई निकट भएकै आधारमा डिजिएमओको जिम्मेवारी दिएका हुन् ।

PR 134 2 768x664

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...