फोनबाटै ज्ञानेन्द्र शाहीले अपशब्द प्रयोग गर्दै पत्रकारलाई धम्क्याएकोप्रति महासंघको आपत्ति

समाचार प्रसारणको विषयलाई लिएर जनता टेलिभिजनमा कार्यरत पत्रकार  धम्क्याएको प्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

यस्ताे छ ज्ञानेन्द्र शाहीकाे असुली धन्दा, बाउन्स चेक भिडाएर ब्यापारीको बिचल्ली

जनता टेलिभिजनको कार्यक्रम बाईलाईनमा जेठ ३१ गते प्रसारित कार्यक्रमको विषयलाई लिएर स्वघोषित सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले पत्रकारद्धय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई टेलिफोनबाट अपशब्द प्रयोग गर्दै धम्याएको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

शाही टीमकै अगुवाको यस्ताे धन्दा, नर्सिङ लाइसेन्स दिलाउने भन्दै लाखौँ असुली

महासंघको तर्फबाट महासचिव रोशन पुरीले बुधबार विज्ञप्ति जारी गरी पत्रकारलाई धम्याईएको प्रति ध्यानाकर्षण भएको जनाएको हो । प्रसारित समाचार सामाग्रीप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई धम्याउनु आपत्तिजनक र प्रेस स्वतन्त्रता बिरोधी काम भएको विज्ञप्तिमा उल्लेख छ ।

महासंघले घटनाको छानविन गरि दोषीमाथि कानुनी कारवाही गर्न र पत्रकारको सुरक्षामा बिषेश ध्यान दिन सुरक्षा निकायसँग माग गरेको छ ।

यस्तै सामाजिक सञ्जालमा चर्का स्टाटस लेखेर ‘भाइरल’ र केही समय अघि रकम असुली धन्दाका रूपमा पनि आरोपमा मुछिएकी ज्वाला संग्रौलाले बर्दीमा रहेका प्रहरीलाई प्रहरी चौकीभित्रै असईलाई ‘एनि हाउ’ सरुवा गराइदिने चेतावनी दिएकी थिइन् । र, ती असईको साँच्चिकै सरुवा भएको छ ।

अभियन्ता संग्रौलालले ‘सरुवा गराइदिने’ चेतावनी दिएका असईकाे सरुवा

मितिः २०७८।०३।०२
समाचार प्रसारण भएको विषयलाई लिएर जनता टेलिभिजनमा कार्यरत पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले टेलिफोनबाट अपशब्द प्रयोग गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
केही दिनअघि सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि कुटपिट भएको थियो । सोही विषयमा जेठ ३१ गते सोमबार जनता टेलिभिजनको ‘वाइलाइन’ कार्यक्रम अर्न्तर्गत समाचार सामग्री प्रसारण भएपछि निज शाहीले असार १ गते पत्रकार श्रेष्ठलाई फोन गरी आफू र कार्यक्रमका प्रस्तोता बस्नेतलाई पनि अपशब्द प्रयोग गर्दै धम्क्याएको पीडित पत्रकारले महासंघमा जानकारी गराउनु भएको छ ।
प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई यस किसिमले धम्क्याएको घटना आपत्तिजनक र प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।
………………….
रोसन पुरी
महासचिव

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..