महिलाको चरित्रहत्या गर्ने चार जना युट्युवरहरू पक्राउ परेपछि, पत्रकार महासंघको आपत्ति

युट्युव च्यानलबाट विभिन्न महिलाको चरित्रहत्या हुने खालका भिडिओ बनाउने साथै भ्यूज कमाउन अन्तर्वार्ता तथा फोटोहरू राखेर प्रसारण गर्ने चारजना युट्युबर पक्राउ परेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएकाे छ ।

महिलाको चरित्रहत्या हुने सामग्री प्रसारण गर्ने चार जना युट्युवरहरू पक्राउ

No description available.

प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसउपर उजुरी गर्ने तथा त्यसको निरुपण गर्ने अधिकार प्रेस काउन्सिल नेपालको  रहेकाे महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

काउन्सिलको निर्णयमा चित्त नबुझे अदालत जाने बाटो सुनिश्चित छ । त्यसलाई बेवास्ता गर्दै प्रहरीले पत्रकारलाई पक्राउ गरिनु आपत्तिजनक रहेकाे समेत प्रेस विज्ञप्तिमा उल्लेख छ ।

महासंघ पत्रकारको संवैधानिक अधिकारको सम्मान गरी यस किसिमका घटना नदोहो¥याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएकाे छ ।

साथै, पत्रकारलाई पनि व्यक्तिको गोपनियतालगायतका विभिन्न हक प्रतिकूल नहुने गरी पत्रकार आचारसंहिताको पूर्ण पालना गरी आफ्ना सामग्री सार्वजनिक गर्न आहृवान गर्दछ ।

साइबर व्युरोका प्रवक्ता नविन्द अर्यालका अनुसार ती युट्युबरले पीडित महिलाको तस्बिरसहित चरित्रहत्या हुने तथा प्रतिष्ठामा आँच पुग्ने खालका सामाग्री प्रसार गरेका कारण विद्युती कारोवार ऐनअनुसार पक्राउ गरिएको हिजाे एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिनु भएकाे थियाे ।

पक्राउ परेकालाई बुधवारै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..