विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष थापाको अन्तिम संस्कार आजै

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले उनको अन्तिम संस्कारमा सहभागी नहुन आग्रह गरेको छ।

अहिलेको संक्रामक रोगको समयमा थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएको भन्दै सम्भव भएसम्म सहभागी नभइदिन उनको परिवारले अनुरोध गरेको हो।

पारिवारिक स्रोतका अनुसार थापाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा हुने भएको छ।

कोरोना संक्रमण भई गम्भीर बिरामी परेका थापाको उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो।

थापाको मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको जनाएको छ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई ‘एक्स्ट्राकोपोरियल मेम्ब्रेन अक्सिजेनसन (एक्मो) प्रविधिबाट उपचार भइरहेको थियो ।

कोरोना संक्रमित भएका उनको रिपोर्ट नेगेटिभ देखाए पनि स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

कोरोनाका कारण स्वास्थ्यमा समस्या आएपछि उनको जेठ १४ देखि अस्पतालको भेन्टिलेटर तथा इक्मो अत्याधुनिक उपकरणबाट उपचार हुँदै आएको थियो । उनको जेठ १७ गते कोरोना रिपोर्ट नेगेटिभ आएपनि शरीरका अंगहरूले प्रभावकारी रुपमा काम गर्न नसकेको र जटिल संक्रमणको प्रभाव रहेकाले स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको अस्पतालका प्रवक्ता तथा मेडिकल सुपरिटेन्डेन्ट डा राज राणा र मुटु शल्य चिकित्सक डा विजय राजवंशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्न भूमिका खेलेका विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका थापा नेपाली राजनीतिमा फरक विचारको प्रतिनिधित्व गर्ने सरल नेता मानिन्छन् ।

नेपालमा वैकल्पिक दलको खाँचो छ र त्यसलाई युवाहरुले नेतृत्व गर्नुपर्छ भन्ने सोचका साथै उनले फरक धारको नेतृत्व गरेका थिए ।

उनको नेतृत्वमा २०६९ जेठ १५ गते विवेकशील नेपाली दलको स्थापना गरिएको थियो ।

सो दलको तर्फबाट संविधानसभाको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ४ जना सदस्यहरू उठाइएको थियो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..