पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दिल्ली जाँदै

Baburam Bhattarai

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जाने भएका छन् ।

Baburam Bhattaraiआज उनी नेपाल वायुसवाको जहाजबाट उनी दिल्ली जान लागेका हुन् ।

उनको पेटमा लामो समयदेखि समस्या देखिएपछि काठमाडौंको निदान अस्पतालमा परीक्षण र उपचार गर्दै आएका थिए ।

चिकित्सकहरुले न्युरो (इन्डोक्राइनको ट्युमर) भएको आशंका गरेकाले उनीहरुकै सिफारिसमा दिल्ली जान लागेको समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताए ।

दिल्लीमा इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा उनकाे उपचार हुनेछ ।

उपचारका लागि दिल्लीमा रहँदा उनी त्यहाँस्थित नेपालको दूतावासमा बस्ने जनाइएकाे छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..