चार जना जनप्रतिनिधि कारवाहीमा

नेकपा माओवादी केन्द्रले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै गोदावरी नगरपालिकाका प्रवत्तासहित कैलालीका चार जना जनप्रतिनिधिलाई पदमुक्त हुने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय कमिटि बैठकले गोदावरी नगरपालिकाका प्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष शर्मानन्द भट्ट सहित कैलालीका ४ सहित जनालाई कारबाही गर्नै निर्णय गरेको हो ।

बैठकले देशभर १४ जना जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सुदन किरातीले जानकारी दिए ।

कैलालीबाट पदमुक्त हुने गरी कारबाहीमा परेका जनप्रतिनिधिहरुमा भट्टसहित भजनी नगरपालिकाकी उपप्रमुख छाँया देवकोटा, गौरीगंगा नगरपालिका वडा नम्बर ४ की अध्यक्ष भागिरथी विष्ट, र बर्दगोरिया नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पुरन बिसी रहेका छन् ।

यस्तै पदमुक्त हुनेमा रौतहटका प्रमुख र उपप्रमुख गरी ७ जना जनप्रतिनिधि, सिराहाका, ओखलढुंगाका र महोत्तरीका १÷१ जना जनप्रतिनिधि रहेका छन ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..