दाङमा चारवटा बेवारिसे मोटरसाइकल फेला

cilRucH0g3

 cilRucH0g3दाङमा प्रहरीले बेवारिसे अवस्थाका चारवटा मोटरसाइकल फेला पारेको छ ।

विभिन्न स्थानमा चेकजाँच तथा गस्ती गर्ने क्रममा कागजपत्र नभएका ती मोटरसाइकल फेला परेको र कागजपत्रसहित ती मोटरसाइकल लिन सम्बन्धित सवारी धनी नआएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीले लु५१प ४५८८, अन टेष्ट १५० सीसीको पल्सर, लु१८प नम्बरको ९५०४ पल्सर र रा३प ९८५२ नम्बरको मोटरसाइकल फेला पारेको हो ।

ती मोटरसाइकल धनीले आवश्यक कागजात लिएर जिल्ला प्रहरी कार्यालय घोराहीमा सम्पर्क गर्न आए सम्बन्धित सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गरिने प्रहरीको भनाइ छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..