प्रधानमन्त्री ओलीलाई बिदा गरे राष्ट्रपतिलाई महाअभियोग लगाऔं : नेता थापा

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि २१ घण्टाको समय दिएर राजनीतिक दलहरुलाई आह्वान गरेसँगै नेपाली राजनीति फेरि तातिएको छ । राष्ट्रपति भण्डारीको उक्त कार्यको चौतर्फी आलोचना पनि भइरहेको छ ।

केपी शर्मा ओली संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभमा सबैभन्दा धेरै सदस्य रहेको दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न अझै २० दिन समय उपलव्ध हुँदा हुँदै संविधानकै हुर्मत लिनेगरी राष्ट्रपति विद्यादेशी भण्डारीसमक्ष सिफारीस गरेका छन । जुन प्रधानमन्त्रीले राजीनामा नदिएसम्म अर्काे प्रधानमन्त्री थप्न पाइँदैन ।

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गरेका छन् । उनले नयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गरेका छन् ।

सामाजिक सन्जालमा नेता थापाले लेखेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रम (प्रधानमन्त्री) ले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राप (राष्ट्रपति) लाई बिदा गरौं ।’

प्रधानमन्त्री पदमुक्त भएका छैनन् । बहालवाला प्रधानमन्त्री पदमुक्त नभई अर्को प्रधानमन्त्री नियुक्त हुन सक्दैन । प्रधानमन्त्री ओलीले ‘धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिको प्रक्रिया आरम्भ गर्न’ संविधानको कुन प्रावधान अनुसार राष्ट्रपतिलाई ‘अनुरोध’ गरेका हुन भन्ने पनि प्रष्ट छैन ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..