गण्डकीमा कांग्रेस मुख्यमन्त्री पक्कापक्की

गण्डकी प्रदेशका विपक्षी सांसदहरू नयाँ सरकार दाबी गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलकहाँ पुगेका छन्। आजै प्रदेश प्रमुखले २४ घन्टाको समय दिएर नयाँ सरकार गठन आह्वान गरेकी थिइन्।

नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद अहिले प्रदेश प्रमुख कहाँ पुगेका छन्। कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र राजिव गुरूङसहित ३१ जना सांसद प्रदेश प्रमुखकहाँ पुगेका हुन्। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुग्न ३१ जना चाहिन्छ।

बैशाख २९ गते संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत मागेका थिए । ६० सदस्यीय प्रदेश सभामा जम्मा २७ मत पाएका उनी स्वत पदमुक्त भए । मुख्यमन्त्री पदमुक्त भएको खबर प्रदेश कार्यालय सचिवालयले शुक्रबार पठाएलगतै प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनको प्रक्रिया सुरू गरेकी हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..