गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत : पक्षमा ३१ विपक्षमा २७ सांसद

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको राजनीतिक स्थिरता, प्रदेशसभाको स्थायित्व र निरन्तरताका लागि आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका थिए। उनको पक्षमा ३१ मत परेको छ भने विपक्षमा २७ मत परेको छ ।

मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रदेशसभा सदस्यहरु पाँच वर्षसम्म प्रदेशसभामै रहेर सेवा गरुन् भनेर जनताले पठाएको र जनताको त्यो भावनाको सम्मानका लागि पनि प्रदेशसभाले स्थायित्व पाउनुपर्ने बताए । मुख्यमन्त्री पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफ दिएसँगै विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजनको प्रक्रिया आरम्भ भएको छथियो।

आफू नेतृत्वको सरकार प्रदेशसभाको स्थायित्वको पक्षमा गठन भएको भन्दै उनले सरकारलाई विश्वासको मत दिन आग्रह गरे । उनले प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वी सुब्बा गुरुङले आफूप्रति दर्शाएको सम्मान र व्यक्तिगत तथा पारिवारिक पृष्ठभूमिका बारेमा गरेको प्रशंसाप्रति धन्यवादसमेत व्यक्त गरे । उनले पूर्व मुख्यमन्त्रीका रुपमा आफ्नो अनुभव सुनाएकोमा पनि गुरुङलाई धन्यवाद दिँदै आगामी दिनमा ती अनुभवलाई मनन् गर्दै आफू अघि बढ्ने प्रतिवद्धता जनाए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..