गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित : २ सांसद बेपत्ता

गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिगएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका छन् ।

दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको अराोप एमालेले लगाएको छ ।

राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही पनि संसदमा अनुपस्थित भएका छन् । उनको पनि मोबाइल अफ छ । प्रदेश सभाकै अर्का सांसद दीपक मनाङे पनि प्रदेश सभामा अनुपस्थित छन् । शाही अनुपस्थित हुँदा अविश्वास प्रस्ताव फेल हुने सम्भावना बढेको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..