१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

Ganesh Bk Rape

स्याङ्जाको वालिङ नगरपालिकामा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

Ganesh Bk Rapeपक्राउ पर्नेमा वालिङ–६ घर भएका २१ वर्षीय गणेश विश्वकर्मा छन् ।

आइतबार मध्यरात आफ्नै घरमा सुतेकी बालिकालाई बलात्कार गरेको परिवारको उजुरीका आधारमा गणेशलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ ।

जबर्जस्ती करणी सम्बन्धी कसुरमा अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..