विपक्षी गठबन्धनका ३१ सांसद सशरीर प्रदेश प्रमुखकोमा जाँदै

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङको पनि दाबी पेश भएपछि विपक्षी गठबन्धका सांसद सशरीर प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी गरेका छन्। सबै ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा रहेको नेकपा माओवादी केन्द्रका सांसद दीपक कोइरालाले बताए।

शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। तर आज गुरुङले जनमोर्चाका कृष्ण थापा र जसपा महन्थ पक्षको पत्र पेश गर्दै मुख्यमन्त्रीमा दाबी गरेका हुन्।

गुरुङले २७ गते संदनमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। जसपाका दुवै सांसद बाबुराम भट्टराई लाइनका हुन् । तर, जसपाको प्रदेश कमिटीको पत्रको आधारमा उनले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

विपक्षी गठबन्धनले पनि दाबी गरेकाले प्रदेशसभा विघटन हुने सम्भावना बढेको छ । प्रदेश प्रमुखसमक्ष विपक्षी गठबन्धनले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई ३१ सांसदको हस्ताक्षरसहित शुक्रबार मुख्यमन्त्रीमा प्रस्ताव गरिएको थियो । स्वयं उपस्थित भएर हस्ताक्षरसहित कृष्णचन्द्रलाई मुख्यमन्त्रीमा प्रस्ताव पेस गरे पनि प्रदेश प्रमुखले भोलि खबर गर्ने भन्दै विपक्षी गठबन्धनका सांसदहरूलाई फर्काइदिएकी थिइन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..