राहतको ३ हजार किलो चामल गौरादह नगरपालिकाको स्टोर मै कुहिएपछि गाडियो

झापाको गौरादह नगरपलिकाले सोमबार करिब ३ हजार केजी चामल नगर परिसरमा खाडल खनेर गाडेको छ। उक्त परिमाणको चामल गत वर्ष खरिद गरिएको थियो। गत बर्षको कोरोना महामारीमा विपन्न समुदायका मानिसहरूलाई वितरण गर्न भनेर नगरपालिकाले मोटो रकम खर्चेर चामल खरिद गरेको थियो।

नगरपालिकाले त्यतिबेला खरिद गरेको अहिले कुहिएको ३ हजार केजी चामल सोमबार साँझ नगरपालिका परिसरमै खाडल खनेर गाडेको हो।

नगरपालिकाले गतसाल कोरोना माहामारिको समयमा नगरका बिपन्न बर्ग लाई राहत स्वरुप बितरण गर्न प्रती केजि रु ३८ का दरले खरिद गरिएको खाधान्न मध्ये बितरण गरि मौज्दात रहेको खाध्यान्न मासिक २ हजार रुपैयाँ गोदाम भाडा तिरी भण्डारण गरि राखेको थियो ।

अव्यवस्थित भण्डारणका कारण मौज्दात रहेको कुहिएर अखाद्य बनेको चामल कुहिएकै अवस्थामा तीन हजार केजी चामल नगरपालिकाले विपन्न परिवारलाई बाँडेको हो ।

नगरपालिकाले १ सय १५ परिवारलाई प्रतिपरिवार २० केजीका दरले कुहिएको चामल र त्यस्तै अवस्थाको दुई केजी दाल प्रती परिवारलाई वितरण गरेको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..