दुर्गा प्रसाईंको धम्की- तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु ! (अडियो)

डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई झापास्थित बि एन्ड सी मेडिकल कलेजका सञ्चालन दुर्गा प्रसाईंले धम्की दिएका छन्। सार्वजनिक भएको टेलिफोन संवादमा प्रसाईंले ‘तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु’ भनेका छन्। साथै, ‘डाका’ शब्द प्रयोग गर्दै धम्कीको भाषा बोलेका छन्।


प्रसाईंको कलेजले विवादास्पद प्रक्रियाबाट सम्बन्धन लिन लागेको विषयमा आवाज उठाउका सुवेदीलाई प्रसाईंले ‘तँ को होस्, संविधान होस् ? कानुन होस् ?’ भन्दै प्रश्न गरेका छन्। संवादमा बि एन्ड सीको उपचार शुल्क महँगो भएको विषयमा पनि चर्चा छ। तर, प्रसाईंले ‘तेरो बाउले दिन्छ बैंकको ब्याज? तेरो बाउले तलब दिन्छ?’ भन्दै प्रतिवाद गरेका छन्। सुवेदीले भने ‘नेपाली जनताले चाहिँ त्यत्रो पैसा कहाँबाट ल्याउँछन्?’ भन्दै प्रतिप्रश्न गरेका छन्।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..