‘गोड्से’ बन्ने अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई पार्टीको निर्देशन

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ। नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँले कांग्रेस सांसद नरोत्तम बैद्यले शुक्रबार बाग्मती प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाए। वैद्यले आलोचना गर्दा राख्नुपर्ने संयम, परिपक्वता र पार्टीको निति विपरीतको अभिव्यक्ति दिएको भन्दै दलका नेता बानियाँले अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन दिएका हुन्।

कांग्रेस सांसद वैद्यले शुक्रबारको प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीप्रति निकै असंवेदनशील टिप्पणी गर्दै उनीविरुद्ध ‘नाथुराम गोड्से खडा हुनुपर्ने’ अभिव्यक्ति दिएका थिए। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन नपाइने बताएका छन् ।

बागमती प्रदेशसभामा नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीलाई रोक्न आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएपछि शर्माले उक्त टिप्पणी गरेका हुन् । उनले आवेगको बोली र भावनात्मक उत्तेजना भनेर उन्मुक्ति नहुने पनि उल्लेख गरेका छन् ।

शर्माले सांसद वैद्यलाई आत्मआलोचना गर्न पार्टीको निर्देशन रहने उल्लेख गर्दै तर्कले आपत्तिजनक शब्द छोप्ने आफूहरूको परम्परा नभएको बताएका छन् । गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..