बाक्लो दाल खान माधव पक्षलाई गोकुल बास्कोटाको शुभकामना

आइतबार पार्टी एकताका लागि आह्वान गर्दै ओलीले माधव नेपाल पक्षको मागअनुसार पार्टीलाई २०७५ जेठ ३ गते पूर्व (जेठ २ गते) माओवादी केन्द्रसँग एकता हुनु अगाडिको अवस्थाबाट अगाडि बढाउन तयार भएको बताएका छन्।

ओलीको आहवान पछि माधव नेपाल पक्षधर नेताको प्रतिक्रिया आउने क्रम जारी छ । एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ २ मा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।

केपी ओलीको वक्तव्यबाजी प्रक्रियाका एउटा सामूहिक वक्तव्य चाहियो । नभए यसबारे छलफल गर्नै जरुरी छैन ।’ अष्टलक्ष्मी शाक्यले भनिन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गरेको उनको भनाइ छ ।

ओलीको बक्तब्य र माधव नेपाल पक्षको प्रतिक्रिया पछि ओलीका खास नेता गोकुल बास्कोटाले माधव समूहलाई बाक्लो दाल खान शुभकामना दिएका छन् ।अब के भने नि बस्नेलाई श्रीसम्पत्ति जिम्मा जानेलाई दुईतीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा।के गर्नु? आफ्नै हुन माया लाग्छ ।राष्ट्रकवि माधब घिमिरेको गौरी शोककाब्यमा जस्तै बनाए।यी हाँसे पनि रोए पनि बुढालाई पीरैपीरमा राख्ने भए।लास्ट प्रयास !पारिवारिक मिलनको नत्र बाक्लो दाल खाऊ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..