सुन तस्करी प्रकरण : एसएसपी खत्रीलाई ४ दिनसम्म हिरासतमै राखिने

काठमाडौं । सुनकान्डमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई चार दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुसन्धानका लागि समय दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय जाँच ब्यूरो (सीआइबी)को नियन्त्रणमा रहेका खत्रीलाई म्याद थपका लागि सोमबार काठमाडौं जिल्ला अदालत लगिएको थियो ।

सुन तस्करहरुलाई ३३ किलो सुन भित्र्याउन सघाएको आरोपमा एसएसपी खत्रीलाई सीआइबीले पक्रेर हिरासतमा राखिरहेको छ ।

गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा एसएसपी खत्री पक्राउ परेका हुन् ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..