असल छिमेकी टोलमा रक्तदान कार्यक्रम सम्पन्न

कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा रक्तदान जिवनदान भन्ने आदर्श वाक्यलाई मनन गर्दै चाँगुनारायण नगरपालिका– २ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

काेराेना भाइरस (कोभिड-१९ )को महामारीमा रगतको अभाव हुन सक्ने कुरालाई मध्य नजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष शिबहरी केसीले बताउनु भयो ।

चाँगुनारायण नगरपालिका– २ को असल छिमेकी टोलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए ।

जनप्रतिनिहरु, क्लब, स्थानीय बासिन्दा तथा स्थानीय प्रहरीको कार्यक्रममा सहभागिता रहेको वरिष्ट समाजसेवी नवराज काफ्लेले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपसखाको अभियान अनरर्गत टोल टोलमा रक्तदान कार्यक्रममा ४० प्रिन्ट रगत सकलन भयो उक्त कार्यक्रममा नेपाल रेडक्रस दुवाकाेट उपशाखाका सदस्य समेत रहनु भएका साेम प्रधानले जनाउनु भएकाे छ ।

दैनिक जसो साे कार्यक्रम गरि काेभिड-१९काे  महामारीमा रगतकाे अभाब भएर छट्पटाएका बिरामी मार्फत रगत तुरुन्तै उपलब्ध गराउने पनि साेहि कार्यक्रममा उनले जनाए ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..