गोरखा वेलफेयर ट्रष्ट नेपालद्वारा ८ करोड बढीको स्वास्थ्य सामाग्री प्रदान

गोरखा वेलफेयर ट्रष्ट नेपालले देश भरका विभिन्न अस्पतालहरुलाई आठ करोड ८९ लाख ६२ हजार ६४० रुपियाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

ट्रष्टको सहयोग अन्तर्गत प्राप्त भएको एक करोड ८३ लाख २४ हजार बराबरका स्वास्थ्य सामाग्री पश्चिम नेपालका १३ वटा अस्पताललाई प्रदान गरिएको एरिया वेलफेयर सेन्टर बुटवलले जनाएको छ ।

एरिया वेलफेयर सेन्टर बुटवलले ट्रष्टबाट प्राप्त ५० लाख आठ हजार रुपियाँ बराबरको स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीलाई सोमवारमात्रै हस्तान्तरण गरेको छ ।

कोरोना नियन्त्रणमा सहयोग पुगोस भन्ने उद्देश्यले सोमवार जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन केदारनाथ शाहलाई उक्त स्वास्थ्य सामाग्री प्रदान गरिएको एरिया वेलफेयर सेन्टर बुटवलका प्रमुख यमबहादुर रानाले जानकारी दिए ।

स्वास्थ्य सामाग्रीमा अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र पिपिई सेट रहेका छन । गोरखा वेलफेयर ट्रष्टले देशका विभिन्न स्थानमा खानेपानी आयोजना, बिद्युत, स्कुल भवन, मोटरबाटो, झोलुङ्गे पुल वनाउनुका साथै विपदका बेला विभिन्न सहयोग प्रदान गर्दै आएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..