विदेशबाट आएको गोरखाका युवाको शव लिन विमानस्थल पुगे बाबुराम

baburam bhattrai

baburam bhattrai

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई नेपालीको शव बुझ्न आएका आफन्तलाई भेट्न अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल पुगेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,‘कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो !तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र!’

उनी बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका युवाको शव बुझन आएका आफन्तलाई भेट्न विमानस्थल पुगेका हुन् । बैदेशिक रोजगारीमा मलेशिया गएका १२ नेपालीको शव आज नेपाल ल्याएको थियो । शव आइपुगेका मध्ये गोरखाका दुईजनाको पनि शव आज आइपुगेको हो ।

शव लिन गोरखाबाट आएका आफन्तलाई भेट्न उनी विमानस्थल पुगेका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले रोजगारीमा गएका नेपालीको बाकसमा फर्किनुपरेको भन्दै दुख व्यक्त गरेका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..