अब कुन-कुन पसल खोल्न पाईने ? यस्तो छ प्रशासनको आदेश

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधिभर डिपार्टमेन्टल स्टोर र खाद्यान्न तथा किराना पसल समेत बन्द हुने भएका छन् । मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १४ गतेदेखि लागु हुने गरि ती पसल बन्द गर्ने निर्णय गरेका हुन् ।

तरकारी, फलफूल, दूध डेरी, मासु, खानेपानी र ग्याँस पसलहरु बिहान ९ बजेसम्म मात्र खुला गर्ने निर्णय पनि भएको छ । नयाँ आदेशअनुसार निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम गरिएको छ ।

मिति_२०७८_०२_११_गते_जारी_निषेध_आदेश

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..