गुराँस टिप्नेलाई ५ हजार जरिवाना

166759708

अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ ।

166759708समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई रु पाँच हजार जरिवाना तिराउने निर्णय भएको जानकारी दिनुभयो । “गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढेको छ”, उहाँले भन्नुभयो “राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको हो ।” गुराँसको फूल नपाक्दै टिपिदिदाँ त्यसको बिउ भुइमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुने उहाँले बताउनुभयो ।

घोडेपानीको जङ्गलमा पछिल्लो दश वर्षयता गुराँसका रुख काट्न पनि रोक लगाइएको छ । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन् । नेपालमा ३२ प्रताजिका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन् । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको आकलन गरिएको छ । वसन्त ऋतृृसँगै घोडेपानी क्षेत्रको गुराँसको जङ्गल अवलोकनका लागि केही दिनयता पर्यटकको चाप बढेको छ ।

वनैभरि राताम्मे फुलेका गुराँसका रङले यहाँको जङ्गल निकै मनमोहक र आकर्षक बनेको छ । गुराँसले भरिएको जङ्गलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटक बढ्न थालेका घोडेपानी टोल सुधार समितिका कोषाध्यक्ष ज्ञानबहादुर गर्बुजाले बताउनुभयो ।

बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौँलगायत क्षेत्रबाट विद्यार्थी, कर्मचारी र व्यापारी समूह बनाएर घोडेपानी भ्रमणमा आउने गरेका छन् । दैनिक १५० देखि २०० को हाराहारीमा आन्तरिक पर्यटक आउन थालेका बताइएको छ । पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे«लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ ।

पर्यटन प्रवद्र्धनका लागि सिराइचुलीदेखि सगरमाथासम्म
चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनका कुमार गुरुङले जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि सगरमाथासम्मको यात्रा शुरु गर्नुभएको छ । समग्र चितवनको पर्यटन प्रवद्र्धन र गाउँपालिकाको चिनारीका लागि ‘सिराइचुलीदेखि सगरमाथासम्म’भन्ने मूल नाराका साथ जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म आरोहणका लागि यात्रा शुरु गर्नुभएको हो ।

जिल्लाका विभिन्न पर्यटकीयस्थल अङ्कित लोगो फहराउने उद्देश्यका साथ शनिबारदेखि यात्रा शुरु गरिएको गुरुङले बताउनुभयो । उहाँले जिल्लाको एकमात्र गाउँपालिकामा रहेको अग्लो भूमिबाट शुरु गरिएको यात्राले विशेष गरी गाउँपालिका र यहाँ रहेका पर्यटन क्षेत्रको प्रचारप्रसार हुने जानकारी दिनुभयो ।

सामुद्रिक सतहदेखि एक हजार ९४५ मिटर उचाइमा रहेको चितवनको सबैभन्दा अग्लो भूमि सिराइचुलीमा पुगेर सगरमाथा आरोहणको लागि अभियान शुुभारम्भ गरेको अभियानका संयोजक कृतिकुमार श्रेष्ठले बताउनुभयो । गाउँपालिकाको मात्र नभई समग्र जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उहाँको विश्वास छ ।

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफालाई सगरमाथा आरोहणको तयारी गर्ने नेपालस्थित सेभेन समिट ट्रेकमार्फत नै गुरुङको पनि आहरोणको तयारी भएकाले पनि जिल्लाको पर्यटन प्रवद्र्धन त्यसमा पनि इच्छाकामनाको पर्यटन क्षेत्रको प्रचारप्रसार हुने अपेक्षा लिइएको छ ।

यसैबीच गुरुङलाई आइतबार गाउँपालिकाले एक कार्यक्रमकाबीच बिदाइ गरेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले उहाँलाई सहयोग रकम हस्तान्तरणसहित बिदाइ गर्नुभएको हो । अध्यक्ष गुरुङसहित अन्य जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले बिदाइ गरेका हुन् । उक्त अवसरमा गाउँपालिकाले आरोहणका लागि रु तीन लाख सहयोग गरेको छ । उहाँलाइृ गाउँपालिका अध्यक्ष गुरुङले चेक हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्षले सगरमाथा आरोहण गर्न लागेका गुरुङलाई गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोण गर्न लागेकामा खुशी व्यक्त गर्नुहुँदै आरोहण सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसअघि आरोही गुरुङले स्वीडेनमा रहेको पाँच हजार मिटर अग्लो हिमाल सफलतापूर्वक आरोहण गरेकाले पनि मौसमले साथ दिए अप्रिलको अन्तिममा सगरमाथाको सफल आरोहण गर्नसक्ने बताइएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..