राजविराज नगरपालिकामा ५ को वडा कार्यालयमा चोरी

chori 32

राजविराज : राजविराज नगरपालिका ५ को वडा कार्यालयमा गएराति चोरी भएको छ। कार्यालयबाट एक-एक थान ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन र करिब १५ हजार नगद रकम चोरी भएको अध्यक्ष समीर झाले जानकारी दिए।

बिहान कार्यालयको ढोकाको ताला फोडेको र दर्ता चलानी किताबलगायतका आवश्यक कागजात बाहिर फ्यालेको अवस्थामा फेल परेको र भित्र हेर्दा चोरी भएको वडा अध्यक्ष झाले बताए। जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको एसपी मनोजकुमार यादवले बताए। 

 

Kantipath Media

यो छुट्टाउनु भो कि..