एमाले प्रवक्ताद्वारा संसदबाटै सर्वोच्च अदालतमाथि गालीको वर्षा

नेकपा एमालेका प्रवक्ता एवम् सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवामाथि अनेक प्रश्न उठाएका छन्। देउवाले आज बसिरहेको प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिने क्रममा बोल्दै ज्ञवालीले अनेक कटाक्ष गरेका हुन्। सर्वोच्च अदालतको फैसलाको चर्को आलोचना गर्दै ज्ञवालीले संवैधानिक निकायबीचको शक्ति सन्तुलनमा खलबल्याएको आरोप लगाए ।

‘सर्वोच्चको अपव्याख्याबाट देउवा ७६ (५) अनुसार प्रधानमन्त्री बन्दैछन्’, उनले अगाडि भने, ‘जस्केलाबाट निर्दलीय व्यवस्था छिराएर देउवा प्रधानमन्त्री बन्नुभएको छ। २०६१ सालमा उहाँलाई श्री ५ ले प्रधानमन्त्री बनाएका थिए। न्याय पायौँ भन्नु भयो तर माघ १९ मा आइपुग्दा के भयो हामीलाई थाहा छ। अहिले श्री मान् ५ ले प्रधानमन्त्री बनाइदिएका छन्। तर यसले हाम्रो बहुदलीय व्यवस्थालाई कुरुप बनाउँदैछ।’

उनले युरो कप र कोपा अमेरिका स्मरण गर्दै यदि फाउल भएको भए रेफ्रीले त्यहीँबाट खेल खेलाउने गरेको पनि स्मरण गराए। ”फाउल भएको रहेछ भने त्यहीबाट शुरु गरेको हुन्थ्यो तर यहाँ रेफ्रीले खेल शुरु गर्नुपर्ने हो । यहाँ रेफ्रीले गोल नै पो हानिदिए’ ज्ञवालीले भने, ‘यो त फेयरप्ले भएन।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..