ट्राफिक व्यवस्थापनमा जोड दिन्छु: इन्स्पेक्टर ढकाल

हेटौंडा – जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी निरीक्षक हरिविष्णु ढकालले मकवानपुरको ट्राफिक व्यवस्थापनलाई विशेष ध्यान दिने बताएका छन् ।

Haribishnu Dhakal

सोमबार जिल्लाका पत्रकारहरुसँग छलफलको आयोजना गर्दै उनले हेटौंडा बजारमा देखिएको अव्यवस्थित पार्किङ र सवारीको चापलाई व्यवस्थापन गरिने बताए । मकवानपुरको ट्राफिक प्रमुख वीरेन्द्रकुमार ठाकुर सरुवा भएर बारा गएपछि यहाँको नेतृत्व सम्हाल्न ढकाल आइपुगेका हुन् । 

आफू मकवानपुर जिल्लामा रहँदासम्म ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त एवम् कडाई गर्ने उनले बताए । ट्राफिक व्यवस्थापनसहित चालक अनुमति–पत्र विना सवारी चलाउने, बिदाको दिन सरकारी सवारी सञ्चालन गर्नेलाई पनि कारवाहीको दायरामा ल्याउने इन्स्पेक्टर ढकालले चेतावनी दिए । आम नागरिकको ट्राफिक प्रहरीप्रति रहेको नकारात्मक सोचलाई हटाउन आफू प्रतिबद्ध रहेको उनले बताए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..