Hidden
ट्रम्पको कार्यकाल सकिंदा इरानी राष्ट्रपतिले भने, 'आज अशुभ शासनको अन्तिम दिन' !
इरानका राष्ट्रपति हसन रुहानी डोनाल्ड ट्रम्पको कार्यकाल सकिन लाग्दा खुशी भएका छन्। रुहानीले भनेकाछन्,‘एक अत्याचारी शासकको युगको अन्त्य भयो र आज उनको अशुभ शासनको अन्तिम दिन हो। उनले चार वर्षसम्म अन्याय र भ्रष्टाचार र आफ्नै जनता र संसारका लागि समस्या निम्त्याउनु बाहेक अरु कुनै फलदायी कार्य गरेनन्।’
ट्रम्पको कार्यकाल आज बुधबार सकिँदैछ। शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै छन्। गत नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएका थिए।
रिपब्लीकन पार्टीका उम्मेदवार रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रुपमा राष्ट्रपतिमा निर्वाचित भएनन्। राष्ट्रपति ट्रम्पले सन २०१६ मा सत्ता सम्हाले लगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी गरेका थिए।
प्रकासित मिति