वडाध्यक्षबाट कुटिए सेवाग्राही

kautpit kantipathnewsमहोत्तरीको बर्दिबास नगरपालिका–१२ का वडाध्यक्ष रामकिशोर साहले सेवाग्राहीलाई कुटेका छन् ।

न्याय माग्न वडा कार्यालय गएका बिजलपुराका सुनिल कुमार महतोलाई उनले कुटेर घाइते बनाएको आरोपमा उजुरी परेको छ ।

प्रहरीले वडाध्यक्षविरुद्ध उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाकमार्फत उजुरी पठाएका थिए ।

दुई साताअघि पीडित महतोले चोरलाई कारबाही गर्न वडा कार्यालयमा निवेदन दिएका थिए ।

गत मंगलबार वडा कार्यालयले सुनिललाई यस विषयमा छलफलमा बोलाएको थियो ।

छलफलमा विवाद भएपपछि वडाध्यक्ष र उनका भाई राजकुमारले महतोलाई कुटपिट गरेका हुन।

{facebookpopup}

Kantipath Media

यो छुट्टाउनु भो कि..