Hidden
यस कारण वीर अस्पतालमा लगाए स्वास्थ्यकर्मीले ताला
तलब, भत्ता लगायतको सुविधाको माग राख्दै आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी तथा कर्मचारीले वीर अस्पतालमा ताला लगाएका छन्।
लामो समय देखि आन्दोलनरत स्वास्थ्यकर्मीले आइतबार तालाबन्दी गरेका हुन्।
नेपाल स्वास्थ्यकर्मी संघ, वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले भने,‘पदादिकारीहरु झन्निकम्मा देखियो । त्यसैले अस्पतालमा ताला लगाइएको हो।’ उनले अस्पतालमा मागपत्र बुझाएर ४२ दिनसम्म आन्दोलन गर्दा पनि मागको कुनै सुनुवाई नभएको बताए।
अध्यक्ष आचार्यले अस्पताल प्रशासन तथा पदाधिकारीले होटलमा बसेर कार्यालय सञ्चालन गरेकोले अस्पतालको प्रशासन, लेखा, खरिद इकाई र पदाधिकारिको कार्यकक्षमा तालाबन्दी गरेको जानकारी दिए।
आन्दोलनरत पक्षले मंसिर ४ गते देखिनै पदाधिकारी प्रवेशमा निधेष गरेका थिए।
प्रकासित मिति
Loading...
Loading...
Loading...