निषेधाज्ञा कडाई उच्च सुरक्षा अधिकारीको साँगा नाकामा अनुगमन

निषेधाज्ञा कडाई गर्ने सम्बन्धमा एक उच्च स्तरिय टोलिले साँगा नाकाको अनुगमन गरेको छ।

काठमाडौं प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली, भक्तपुर प्रमुख जिल्ला अधिकार प्रेम प्रसाद भट्टराई, महानगरीय प्रहरी प्रमुख एसएसपी अशोक सिंह, महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराई र महानगरीय प्रहरी वृत्त जगति भक्तपुरका डिएसपी राजेश थापा सहितको टोलीले काठमाडौं प्रवेश गर्ने मुख्य नाका भक्तपुर र काभ्रेपलान्चोकको सिमानामा सांगा चोकमा पुगेर अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा टोलीले केहि सवारीसाधन चेकजाँच पनि गरेको थियो । टोलीले नाकामा सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा निकायलाई निर्देशन दिएको एसएसपी अशोक सिंहले बताए । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनको अनुगमनमा तिब्रता दिन पनि निर्देशन भएको छ ।

 

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..