झापा जाँदै हिमानी

Himani Shah

पूर्व युवराज्ञी हिमानी शाह शनिबार झापा जाने भएकी छन् । शनिबार दिउँसोको विमानबाट उनी झापा जान लागेकी हुन् ।

शनिबार नै झापाको कचनकवल गाउँपालिकामा हिमानी ट्रस्टको कार्यक्रममा उनी सहभागी हुने कचनकवल गाउँपालिकाका प्रवक्ता लक्ष्मीनारायण यादवले जानकारी दिए।

यसअघि नै पूर्व राजा ज्ञानेन्द्र तथा पूर्व रानी कोमल झापा गइसकेका छन् । उनीहरू दमकस्थित निवासमा रहेका छन्। पूर्व युवराज्ञी हिमानी पनि त्यहीँ रहने बुझिएको छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..