सरकारको सहयोगमा ५ हजार जनालाई करेन्टाइनमा राख्न हिसान तयार

hissan coronaविश्वब्यापी रुपमा फैलीरहेको नोबेल कोरोना भाईरस (कोभिड १९ )को सन्दर्भमा नेपाल सरकारको निर्णयलाई आधार मान्दै बिहिबार बसेको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को आकस्मिक विशेष बैठकले विभिन्न निर्णय गरेको छ । २०७६ चैत्र मसान्त सम्म हिसान सम्बद्द सबै स्कुल तथा कलेजको पठन पाठन बन्द गरिएको छ । साथै हिसानको दोश्रो अन्तराष्ट्रिय शैक्षिक सम्मेलन तथा भेला र अधिबेशन अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ ।

साथै हिसानका काठमाडौँ जिल्ला अध्यक्ष तथा शिक्षासेवी नरेन्द्रबहादुर अधिकारीका अनुसार सरकारले आवश्यक ठानेको खण्डमा उपयुक्त भौतिक पूर्वाधार भएका हिसान अन्तर्गतका स्कुल तथा कलेजमा करिब ५ हजार जनालाई करेन्टाइनमा राख्ने व्यवस्था मिलाउन हिसानले सहयोग गर्ने भएको छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..