annapurna add

oli hitlamadhab

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको शुक्रबार राजधानीमा भएको विरोधसभामा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरी नाजीवादको नेपाली संस्करण भएको आरोप लगाएका छन्। उनले हिटलर पनि चुनावबाट आएको र पछि तानाशाही लादेर युरोपमा तीन करोड मानिसको ज्यान गुमेको बताए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नामभित्र लुकेको खड्ग अहिले उनकै व्यवहारबाट साकार पारेको पनि बताएका छन्। उनले भने, ‘उनले आफ्नो नामजस्तै संविधानमाथि खड्ग प्रहार गरेका छन्, लोकतन्त्रमाथि खड्ग प्रहार गरेका छन्, स्थायीत्वमाथि खड्ग प्रहार गरेका छन्, पार्टीमाथि खड्ग प्रहार गरेका छन्।

उनले केपी ओलीले संविधान विघटनको गल्ती सच्याएर माफी मागे माफी दिनेबारे विचार गरिने बताएका छन्। ‘केपी ओली सिद्धान्तनिष्ठ मान्छे होइनन्, केपी ओली सामूहिकतामा विश्वास गर्ने मान्छे होइनन्,’ उनले सभामा भने।

संविधानमा निर्वाचित व्यक्ति पनि तानाशाही हुने गरेको उदाहरण केपी ओलीबाट प्रस्तुत भएको उनले बताए। नेपालले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहकार्य र एकता हुननसक्ने बताएका छन्।

‘यिनीहरु फेरि मिल्ने हुन् कि भन्ने शंका कसैले नराखे हुन्छ,’ सो पार्टीले शुक्रबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘अब उनीसँग कुनै सहकार्य हुनै सक्दैन, सबैजना प्रष्ट भए हुन्छ।’ तर ओलीले माफी मागे उनलाई माफी दिने उनले दाबी गरे।

ओलीलाई पार्टी विधान र अनुशासनको उल्लंघन गर्ने भनी सोधेको स्पष्टीकरणको जवाफ अझै नआएको उनले बताए। उनलाई आफूहरुले कारबाही गर्ने तयारी रहेको बताए। ‘तर माफी माग्छन्, संसद विघटन गर्नु गल्ति भयो म पनि जुलुसमा आउछु भन्छन भने माफी दिनसकिन्छ,’ नेपालले भने।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...