होलीको चीर ठड्याएसँगै उपत्यकामा विधिवतरुपमा होली सुरु

काठमाडौं । सांस्कृतिक एवं परम्परागत पर्व होली आजबाट विधिवतरुपमा सुरु भएको छ ।

holy

काठमाडौंको बसन्तपुर डबलीमा आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा होलीको चीर ठड्याएसँगै उपत्यकामा विधिवतरुपमा होली सुरु भएको हो ।

फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ ।

यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरु यही फागुन २९ गते तथा तराईका जिल्लाहरुमा फागुन ३० गते होली पर्व मनाईंदै छ ।

आज ठड्याइएको चिर एक हप्तापछि ढलाएर टुंडिखेलमा पुर्‍याई सेलाउने गरिन्छ ।

वसन्त उत्सवका रुपमा समेत मनाइने रंगहरुको पर्व होलीको पौराणीक तथा सांस्कृतिक महत्व रहेको छ ।

धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए ।

तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रुपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..