महेश र गोकुलको ‘शितयुद्ध’ बीच खगराजले फुत्काए गृहमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि आफूनिकट रहेका नेता खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन्। सरकारले कात्तिक र मंसिरमा चुनाव गर्ने घोषणा गरेको छ। यदि आगामी राजनीति त्यहि कोर्समा गएको खण्डमा गृहमन्त्रीको महत्व अझ बढी हुनेछ। जसका कारण अब बन्ने गृहमन्त्रीबारे थप चासो भएको हो।

प्रधानमन्त्री ओलीनिकट रहेका नेताहरुबीच सो मन्त्रालयको नेतृत्व हात पार्न केही दिनदेखि तीव्र प्रतिस्पर्धा सुरु भएको थियो। ओलीनिकट अत्यन्त निकट रहेका दुई युवा नेताहरु गोकुल बाँस्कोटा र बस्नेत पनि त्यो प्रतिस्पर्धामा थिए।

खगराज अधिकारी पनि त्यसका लागि अघि सारिए। अधिकारीलाई राष्ट्रपतिको साथ् रहेको निकट स्रोतले बतायो । ओलीका विश्वासपात्र बस्नेत र बाँस्कोटा दुवैले गृहमै जान जोड गरेका थिए। तर दुईमध्ये एकजनालाई गृहमन्त्री बनाउँदा एकले अर्कोलाई स्वीकार्ने स्थिति नबनेपछि ओलीले दुवैका लागि स्वीकार्य हुने अधिकारीलाई अघि बढाएका हुन्। प्रधानमन्त्री ओलीले भने गृहमा महेशलाई रुचाएका थिए ।

२०५१ सालमै एमालेको संसदीय दलको सचेतक बनेका अधिकारी २०७४ मा केही समय प्रमुख सचेतक बने । २०३६ सालको विद्यार्थी आन्दोलनका एक अगुवा खगराज अनेरास्ववियूको उपाध्यक्षसम्म भए भने देशके ठूलो र आन्दोलनको अग्रणी मानिने पृथ्वीनारायण क्याम्पस पोखराको दुई पटक स्वतन्त्र विद्यार्थी युनियनको सभाापति निर्वाचित भएका थिए ।

२०२९ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका अधिकारी २०३७ सालमा भएको अनेरास्ववियुको छैठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। पञ्चायतभर वामदेव गौतमनिकट रहेका उनी बहुदलीय व्यवस्था आएपछि माधवकुमार नेपालसँग नजिक बने। तर गण्डकी अञ्चलमा नेपालले अधिकारीलाई भन्दा तुलबहादुर गुरुङलाई प्राथमिकता दिन थालेपछि अधिकारी विस्तारै ओलीनिकट हुँदै गएका हुन्। अहिले पार्टी समितिहरु र संसदमा पनि ओली गुटको देशभरमै सबैभन्दा बलियो उपस्थिति गण्डकी प्रदेशमा रहेको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..