कोभिड विरुद्ध माओवादी केन्द्र : हुम्लाको पार्टी कार्यालयलाई आइसोलेसन बनाइने

कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि नेकपा (माओवादी केन्द्र) हुम्लाले सदरमुकाम सिमकोटस्थित पार्टी कार्यालयलाई जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।

जिल्लामा क्वारेन्टाइन र आईसोलेशनको अभाव भएपछि माओवादी केन्द्र हुम्लाले पार्टी कार्यालय हस्तान्तरण गरेको हो । मंगलबार माओवादी केन्द्रका जिल्ला इन्चार्ज बिजय भण्डारी ‘प्रतिरोध’ले पार्टी कार्यालयको भवन स्थिति सहज नभइन्जेल सम्मका लागि क्वारेन्टाइन र आइसोलेशनका लागि प्रयोग गर्न डीसीसीएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यलाई पत्र–सहित हस्तान्तरण गरेका हुन् ।

जिल्ला इन्चार्ज भण्डारीले भने, ‘कोरोनाको दोस्रो लहरको संक्रमण रोकथाम र नियन्त्रणका लागि पार्टी कार्यालयमा भएका २ वटा हल, ३ वटा कोठा र ३ वटा शौचालय जिल्ला कोभिड संकट व्यवस्थापन समितिले आइसोलेशन बनाओस्, भन्ने हेतुले हतान्तरण गरिएको हो ।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..