आईजीपीको कमजोरीले प्रहरीको रासन भत्ता बढाउन आएको ५० करोड बजेट फिर्ता

IGP Thakur Gyawaliबढ्दो राजनीतिक हस्तक्षेप र कमजोर नेतृत्वका कारण नेपाल प्रहरी झन् झन् निरीह हुँदै गएको छ । संगठन कमजोर हुनुमा प्रहरी नेतृत्वको असक्षमता एउटा कारण देखिएको छ । उदारणका लागि रासन भत्ता बढाउनका लागि आएको बजेट समेत प्रहरीले फिर्ता गरेको छ । गत आर्थिक वर्षमा नयाँ दररेटअनुसार रासन भत्ता दिन पुग्ने बजेट सरकारले विनियोजन गरेको थियो । तर, संगठनले त्यससम्बन्धि निर्णय गराउन नसक्दा करिब ५० करोड रुपैयाँ गत महिना फिर्ता भएको छ ।

बजेट आएपछि प्रहरीलाई नयाँ दररेटमा भत्ता दिन अर्थ मन्त्रालयको सहमति चाहिन्थ्यो । तर, त्यसका लागि प्रहरी नेतृत्वले पहल गरेन । जसकारण प्रहरीले नयाँ राशनभत्ता पाएनन् ।
जबकी भवन निर्माण लगायत कामका लागि भने अनाबश्यक रुपमा अरबौं बजेट आएको छ । भवन बनाउँदा कमिसन आउने तर राशनभत्ता बढाउँदा केही नहुने भएकाले प्रहरी नेतृत्वमा यसमा पहल नगरेको हो । काठमाडौं परिसर र अपराध महाशाखाको भवन बनाउन मात्र करिब दुई अर्ब बजेट आएको छ ।

नेपाल प्रहरीको राशनभत्ता विगत साढे चार वर्षदेखि बढ्न सकेको छैन । यो वर्ष पनि नबढ्ने सम्भावना देखिएको छ । कोरोनाका कारण स्रोत कमजोर हुने भएकाले राशनभत्ता बढाउन नसकिने अर्थ मन्त्रालयले जनाएको छ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..