फाकफोकथुममा कांग्रेस वडाध्यक्षले नेकपा नेतालाई ‘बामे’ भन्दै कुटे

tekbir congressइलामको फाकफोकथुम गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षले नेकपा वडा कमिटि सदस्य नरबहादुर निरौलालाई निर्घात कुटपिट गरेका छन् । गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष टेकवीर नेम्बाङले सोहि वडाका नेकपा वडा कमिटि सदस्य नरबहादुर निरौलालाई घरमै बसिरहेको बेला मादक पदार्थ सेवन गरी जथाभावी गालि गलौज गर्दै कुटेका हुन् ।

यस अघि गत तिहारमा सोहि स्थानमा आयोजित खेलकुद कार्यक्रममा समेत नेकपा नेता सुवास नेम्बाङ, धिरेन्द्र शर्मा, राम राना लगायत नेता आमचोक पुगेको विषयमा समेत उनले बामेहरु भन्दै अपशब्द प्रयोग गरेका थिए । बामेहरुको घरमा आगो लगाइदिने, बसाईं हिंडाईदिने जस्ता अभिव्यक्ति दिंदै आएका उनको क्रियाकलाप प्रति नेकपा गाउँपालिका कमिटिले विज्ञप्ति नै जारी गर्दै घटनाको छानविन गरी वडाध्यक्ष टेकवीर नेम्बाङलाई कानुनि कारवाहीको माग समेटी गरेको छ ।

यस्ताे छ नेकपा गाउँपालिका कमिटिकाे विज्ञप्ति

fakfokthum

थप समाचार 

नारायणगोपाल गुरूवाचार्य

(वि. सं. १९९६ असोज १८ – २०४७ मङ्सीर १९) (इ.सं.१९३९ अक्टोबर ४ – इ.सं.१९९० डिसेम्बर ५), पूरा नाम नारायणगोपाल गुरुवाचार्य, एक सफल तथा ख्यातिप्राप्त नेपाली आधुनिक गायक हुन्। उनलाई नेपालको स्वरसम्राटको उपाधिले सम्मान गरिएको छ। यद्यपि सम्राट बन्नेले राज्यकोषबाट भत्ता पाउने भएकाले यो सम्मान उनको अपहेलना हो भनेर केहीले विरोध पनि गरेका छन्। नारायणगोपाल नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन्, जसले गायनलाई पेशाको रूपमा अङ्गाले। उनले १ सय ३६ वटा नेपाली गीतहरू गाएका छन्। उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन्। नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौंको किलागलमा भएको हो। वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन्। चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गरे। भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै छाडे। डिस्क र टेपमा गरी जम्मा १ सय ३६ वटा गीतहरू रेकर्ड गराए।

गायन यात्राको सुरुवात
नारायणगोपालले पहिलो पटक त्रि-चन्द्र कलेजको चालिसौँ वार्षिकोत्वसमा आफ्ना परमप्रिय मित्रहरूका आग्रहमा मञ्चमा उत्रिने आँट गरे। जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए। काठमाडौं किलागलमा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए, नजीकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेंडासिंग बस्ने प्रेमध्वज प्रधानले हिन्दी गीतमा स्वराभ्यास गरे तर नारायण गोपालले भने जहिले पनि ठट्टा गरेर हिन्दी गीत बिगारेर गाउने गर्थे। प्रेमध्वोज प्रधान र मणिकरत्न भन्छन् उनले हिन्दीलाई नेपाली बनाएर गीतको लय नै बिगारेर गाउथे रे। माणिकरत्नको घर एक किसिमको संगीतशालाजस्तै थियो कारण उनका काका सिद्धिरत्न स्थापित स्वयम् पनि एक कुशल वाद्यवादक थिए। गायक नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो। उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे। प्रेम–माणिकले आफ्नै संगीतमा गाउन सुरु गरिसकेका थिए, त्यसैले नारायणगोपाललाई एउटा नयाँ शैलीको संगीतको जरुरत थियो त्यसैले उनले आफ्नै संगीतमा छ वटा गीत तयार गरे। ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए। उनले त्यस संकलनमा चारवटा एकल ( स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, मधुमासमा यो दिल ) र दुइटा युगल – बिछोडको पीडा र ए कान्छा ठट्टैमा यो बैंश जानलाग्यो ) गीत गाए। यस गीतका सम्पूर्ण रेकर्डिङ भारतको कोलकतामा सम्पन्न भयो। त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो। उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे। राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए। पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई जलभरिका औंलाहरूले चुम्न’ जस्ता गीत गाए। यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासँग परिचित गरायो। उनी युवा हृदयका प्रिय गायक नै मानिए। उनले त्यसपछि विस्तारै आफ्नो गायनमा परिवर्तनको स्वर ल्याए, उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी गीतको तुलनामा अक्कासिँदै गयो। यस समय नेपाली संगीतमा जम्जमाएर आइरहेका पुष्प नेपाली, बच्चुकैलाश, तारादेवी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, नातिकाजी, शिवशंकर आदिका गीतसँग स्पर्श गर्दै नारायणगोपालले नेपाली गीतको आधुनिकतामा एक विशेष आयाम थपे। उनले सुरुवाती चरणमा गाएका गीतबाट बढी जसो श्रोता पछि विस्तारै कवि, लेखक प्रभावित हुँदै गए। उनले आफ्नो गायन शैलीलाई व्यापक बनाउन आफ्ना प्रशंसक, आफ्ना प्रतिस्पर्धी र आफ्ना समकालीनसँग विचारविमर्श गर्न थाले। यसै क्रममा उनको भारतको पश्चिम बँगालस्थित पहाडी राज्य दार्जीलिङको भ्रमाण भयो, बीसको दशकको शुरुवातमा भएको यो भ्रमणले उनले दार्जीलिङबाट दुई कुरा पाए, पहिलो उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमीको रूपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक होनहार संगितकर्मी गोपाल योञ्जनलाई एक मितका रूपमा पाए। थप पढ्नुहाेस् ….

Kantipath Media

यो छुट्टाउनु भो कि..