annapurna add

कोरोनाभाइरस महामारी रोकथाम तथा नियनत्रणको लागि भारत सरकारले बन्द गरेको नेपाल-भारत सिमानाकाहरु खोलेको छ ।

Birjhngggविगत १० महिनादेखि कोरोना महामारीका कारण बन्द रहेको नेपाल-इण्डो बोर्डर भारत सरकारले बिहिबार एउटा औपचारी घोषणा गर्दै खुल्ला गरेको हो ।

भारतको इमिज्रेसन डिपार्टमेन्ट अनुसार बिहिबारदेखि भारत सरकारले नेपाल-भारत नाका आधिकारिक रुपमा खुल्ला गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

दशैँ, दीपावली, सोहोरहिया र छठ पर्वलाई मध्य नजर गर्दै भारत सरकारले सिमानाकालाई खोल्दै आवागमन खुकुलो पारेको सञ्चारमाध्यमहरुको दावी छ ।

सिमानाका खुलेसँगै नेपालबाट मान्छेहरु भारत प्रवेश गर्न थालेका छन् । नेपाल सरकारले अहिलेपनि नाका बन्द राखेको कारण उताबाट मान्छे भने नेपाल आउन सकेका छैनन् ।

वीरगञ्जसँग जोडिएको भारतीय शहर रक्सौलमा नेपालबाट मान्छे प्रवेश गर्न थालेका छन् । नेपाल प्रहरीले नेपाल तर्फ जाने सवारीसाधनलाई रोक लगाएपनि पैदल यात्री निर्वाध रुपमा ओहोरदोहोर गर्दै छन् ।

महामारीलाई नियन्त्रण गर्न दुवै देशका सरकारले सिमानाका बन्द गरेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...