annapurna add

pexels photo 937465

नेपाल सरकारले भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धको जन्मभूमिबारे दिएको विवादास्पद अभिव्यक्तिको खण्डन गरेको छ। परारष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर जय शंकरले शनिबार बुद्धको जन्म भारतमा भएको भनी दिएको भनाइको खण्डन गरेको हो। सरकारले बुद्धको जन्मभूमी नेपाल हो भन्ने कुरा ‘स्थापित र अस्वीकार गर्न नसकिने तथ्य’ भएको प्रष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो भन्ने विषय स्थापित, अस्वीकार गर्न नसकिने कुरा ऐतिहासिक र पुरातात्विक प्रमाणले पुष्टि गरेको छ। जुन युनेस्कोले पुरातात्विक सूचीमा राखेको क्षेत्र पनि हो।’

जयशंकरले शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रीले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ हुन् भन्दै विवाददास्पद अभिव्यक्ति दिएका थिए। भारतीय विदेश मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमा बुद्ध नेपालमा जन्मिएकोमा विवाद नरहेको बताएको छ।

भारतीय विदेश मन्त्रालयले जयशंकरको अभिव्यक्ति बौद्ध सम्पदाको बारेमा भएको तर गौतम बुद्धका बारे नभएको स्पष्ट पारेको छ। ‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्नेमा कुनै विवाद छैन,’ भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर