उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा (आदेशसहित)

काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ ।

काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

अब जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने  जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले कान्तिपथ डटकमलाई जानकारी दिए ।

वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो ।

जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ ।

अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको हाे ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..