बेन्च गठनको विषयमा अब उप्रान्त केही सुन्दैनौँ,  जे भन्नुपर्छ फैसलामै भन्छौँ : न्यायाधिश खतिवडा

संवैधानिक इजलासका एक न्यायाधीश ईश्वर प्रसाद खतिवडाले संसद विघटन सम्बन्धी मुद्दा यही बेन्चले हेर्ने भन्दै बेन्च गठनको कुरामा अबदेखि बहस नगर्न आग्रह गरेका छन् । इजलासका दुई न्यायाधीश दीपककुमार कार्की र डा. आनन्द मोहन भट्टराईलाई इजलासबाट हटाउन सरकारी पक्षले माग गरेका बेला न्यायाधीश खतिवडाले सो भनाइ राखेका हुन् । उनले आफूहरुलाई आएको जिम्मेवारीबाट पछि नहट्ने पनि बताएका छन् ।

खतिवडाले भने, ‘केही प्रश्नहरुको उत्तर शब्दबाट दिनुपर्छ भन्ने हुँदैन, मौनताबाटै उत्तर दिन सकिन्छ । बेन्च गठनको विषयमा अब उप्रान्त केही सुन्दैनौँ । जे भन्नुपर्छ फैसलामै भन्छौँ । इजलासबारे अब केही सुन्दैनौँ, न्यायालयमाथि अब धेरै प्रहार सहँदैनौँ ।’

रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट बढीमा आधा घण्टा बहसका लागि समय दिइएको छ । संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ जारी छ । इजलासका दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..