अपराध महाशाखाद्वारा इटाली पठाईदिन्छु भन्दै ३० लाख ठगि गर्ने पक्राउ

कामदार भिसामा ईटाली पठाईदिन्छु भन्दै ठगि गर्ने एक व्यक्ति अपराध महाशाखाको फन्दामा परेका छन् । महाशाखाका प्रमुख चन्द्रकुबेर खापुङ्गका अनुसार उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं ७ स्थायी घर भई हाल बुढानिलकण्ठ बस्दै आएका उमेश रेग्मी पक्राउ परेका हुन् । उनले रामेछापका सौगात सुनुवारसहित ३ जनाबाट ३१ लाख ५० हजार रकम ठगि गरेका थिए ।

अजरबैजानसम्म पुराएर बिचल्ली बनाई फरार रहेका उमेश रेग्मीलाई ललितपुरको टिकाथलीबाट महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो। रेग्मीले वर्किङ भिषामा युरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब एक करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत भन्ने बुझिन आएको खापुङ्गले बताए ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..