annapurna add

kjhsfjdaklkdjhjshdj

सत्तारुढ नेकपाका दुई अध्यक्ष वारपारको लडाइँमा उत्रिएका बेला कर्णालीमा पूर्व एमालेले आत्मसाथ गरेको विचार जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा भेला भएको छ । पाँच सयजनालाई निमन्त्रणा गरिएको भेलाको नाम ‘स्वागत तथा प्रदेश भेला’ राखिएको छ। निमन्त्रणा पत्रको नारामा भनएिको छ–जनताको बहुदलीय जनवाद–जिन्दावाद।

पूर्व एमालेले आत्मसाथ गरेको जबज उत्कृष्ट विचार हो । त्यसबारे छलफल गर्न आवश्यक परेकाले भेला आयोजना गरिएको हो। कर्णालीमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने अर्को हाम्रो उद्देश्य पनि हो।’ आयोजकले भने ।

भेलामा प्रमुख अतिथिका रुपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल सामेल हुँदै छन्। विशेष अतिथिका रुपमा मदन भण्डारी स्पोट्स एकेडेमीको केन्द्रीय उपाध्यक्ष धुब्र आचार्य सामेल हुँदैछन्।

भेलामा सामेल सबै अतिथिले जबजका पक्षमा बोल्ने छन्। नेकपाका युवा नेता र खेलप्रेमीलगायत सामेल हुने भेला वीरेन्द्रनगरको घण्टाघरस्थित सभाहलमा हुँदैछ। अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच द्वन्द्व बढ्दै जाँदा ओली पक्षले पार्टी विभाजित गर्नुपर्ने अवस्था आएमा जबजका पक्षमा रहेकाहरु एकै ठाउँमा हुनुपर्ने भन्दै यसबारे प्रशिक्षण र भेलाहरु बढाउँदै लगेको छ।

पूर्वएमालेको जबज र पूर्व माओवादीको २१ सौँ सताब्दीको जनवादलाई छोडेर पार्टी एकताका बेला जनताको जनवादलाई नेकपाले आफ्नो तात्कालिन कार्यक्रमको रुपमा घोषणा गरेको थियो। प्रचण्ड पक्षले ओलीसँग विवाद उत्कर्षमा पुग्नुको एउटा कारण ओली पक्षले पार्टी एकतामा गरिएको सहमतिबिपरीत जबजका पक्षमा वकालत गरेकोलाई पनि मानेको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...