यस कारण पर्‍याे डा. जागेश्वर गौतमविरुद्ध उजुरी !

कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमविरुद्ध कोभिड उपचारका लागि खरिद गर्न लागिएको स्वास्थ्य उपकरण खरिदका लगि सेटिङमा टेन्डर आह्वान गरेको आरोपमा उजुरी परेको छ ।

वीर अस्पताल कर्मचारी परिवारको तर्फबाट डा. गौतमले नयाँ सर्जिकल भवन सञ्चालनका लागि चार अर्ब बराबरको उपकरण खरिदमा अनियमितता गरेको र उनले हालसम्म विभिन्न पदमा बसेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानविनको मागसहित उजुरी परेको हो ।

न्याम्सका उपकुलपति, प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्रसम्म उक्त बेहोराको उजुरी परेको छ ।

स्वास्थ्य सचिव र डा. गौतमले न्याम्स ऐनमाथि कमिसनको लागि पटक पटक हमला गरेको र कोभिड नियन्त्रण र रोकथाम होइन कोभिडको नाममा वीरलाई ‘कमाउ धन्दा’ बनाएको न्याम्सका कर्मचारीको आरोप छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..