जाजरकोटमा युवालाई बाँधेर निर्घात कुट्ने वडाध्यक्ष पक्राउ

युवालाई दाम्लोले बाँधेर कुट्ने जाजरकोटका वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पक्राउ गरिएको जाजरकोट प्रहरीले जनाएको छ।

उनलाई पक्राउ गरेर प्रहरीले सदरमुकाम लगेको छ। पीडित सर्ते नेपाली भन्ने नवीन परियारलाई पनि झिकाइएको जाजरकोट प्रहरीले जनाएको छ। वडाध्यक्षले कुटपिट गरेको भिडिओ सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यसैको आधारमा प्रहरीले पक्राउ गरेको हो।

वडाध्यक्ष नेपालीले ती युवाले जाँडरक्सी खाएर वडा कार्यालयमा आएर ढुंगा प्रहार गरी केही मान्छेलाई घाइते बनाएको र अपशब्द बोलेकाले आफूले ढुंगा खोसेर फालेको दाबी गरेका थिए। तर भिडिओमा उनले निर्घात कुटपिट गरेको देखिन्छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..