जनमैत्री अभियानको भर्चुवल संवादका ३ सत्र सम्पन्न

119775837 622186988431076 557224137452396080 n

जनमैत्री अभियान नेपालले संविधान दिवसको अवसर पारेर संबिधान सम्बद्ध विभिन्न विषयमा केन्द्रित रहेर आयोजना गरेको भर्चुवल संवादको पहिलो दिनका ३ सत्र सम्पन्न भएका छन् । २ दिनसम्म चल्ने संवादको पहिलो दिनमा ३ सत्र आयोजना गरिएको जनमैत्री अभियान नेपालका सचिव बिष्णु ढुंगेलले जानकारी दिए । पहिलो दिन तत्कालिन संविधानसभा सदस्य तथा हालका राष्ट्रियसभा सदस्य वरिष्ठ अधिवक्ता रामनारायण विडारीले ‘हाम्रो संबैधानिक ईतिहास र वर्तमान संविधानसम्मको संघर्ष’ शिर्षकमा केन्द्रित रहेर आफ्नो धारणा राखेका थिए ।

पहिलो दिनकै दोश्रो सत्रमा नेपाल कानुन व्यवसायी परिषदका पार्षद तथा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ‘संवैधानिक अधिकारको अवस्था र अभ्यास’ शिर्षकमा आफ्नो मत राखेका थिए । आजकै दोश्रो सत्रमा नेपाल ल क्याम्पसकी अध्यापक तथा अभियन्ता विष्णु बस्यालले ‘लैंगिक दृष्टिकोणमा नेपालको संविधान’ विषयमा आफ्नो धारणा प्रस्तुत गरेकी थिईन ।

संवादको दोश्रो दिन भोलि लेखक तथा राजनीतिकर्मी आहुतीले ‘नेपालको संविधानमा आलोचनात्मक नजर’ र वरिष्ठ अधिवक्ता तथा पुर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले ‘विधिको शासन, शक्ति सन्तुलन, स्वतन्त्र न्यायपालिका र न्यायिक सुधारको पाटो’ शिर्षकमा आफ्नो धारणा राख्ने छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..