जनमोर्चाका सांसद पदमुक्त : विपक्षी गठबन्धनले मुख्यमन्त्री पाउने पक्कापक्की

गण्डकी प्रदेशका सांसद कृष्ण थापा पदमुक्त भएका छन्। शुक्रबार बसेको प्रदेश सभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले उनलाई पार्टीको सिफारिशमा पदमुक्त गरिएको सूचना पढेर सुनाएका हुन्। बिहीबार प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसद थापा तटस्थ बसेका थिए। उनी पार्टी निर्णयविपरित तटस्थ बसेका कारण उनलाई पार्टीले कारबाही गरेको हो।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा रहेको जनमोर्चाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो। उनी पदमुक्त भएपछि अब प्रदेश सभामा कायम रहेको संख्या घटेको छ। उनको पद गएसँगै सरकार बनाउन ३० जना सभासद हुँदा पुग्नेछ। यसअघि नै मन्त्री दिपक मनाङेले मुख्यमन्त्री गुरुङलाई साथ नदिने भनी घोषणा गरेका थिए।

उनले विपक्षी गठबन्धनलाई साथ दिने भनेपछि गठबन्धन बलियो बनेको छ। विपक्षीले मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेका नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपालीको संभावना अहिले अझ सहज भएको छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..